Dear Parents/ Guardians, It is my great pleasure to be a part of an excellent educational team stepping towards producing today’s finest and best management specialists. In a competitive market where results speak louder than actions, we have focused on objective, proven and practical based methodology of education which ultimately meets the deserved results. Tourism and hotel Management are now global subjects creating opportunities not only domestically but also enhancing the ability to compete even internationally. Our intention is to be a very useful and helpful institution for students to achieve these goals...
October 9, 2026
आदरणीय अभिभावकज्यूहरू,
दोस्रो त्रैमासिक परीक्षा पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार भोलि शनिबार र पर्सि आइतबारसमेत सञ्चालन हुने भएकाले उक्त दुवै दिन विद्यालय सञ्चालनमा रहने जानकारी गराइन्छ।
साथै, अभिभावकज्यूहरूको सुविधाका लागि दुवै दिन विद्यालयको लेखा शाखा तथा प्रशासन शाखा बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म खुला रहने व्यहोरा जानकारी गराइन्छ।
धन्यवाद!
विद्यालय प्रशासन
October 6, 2026
विद्यालय परिसर तथा हाम्रा नानी-बाबुहरूको कक्षाकोठा सरसफाइ र व्यवस्थापनमा निरन्तर समर्पित रहनुहुने हाम्रा सहयोगी कर्मचारीहरूको दशैं खर्चमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि प्रति विद्यार्थी न्यूनतम रु. ५०/- सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। यहाँहरूको सानो सहयोगले पनि उहाँहरूको दशैंलाई थप खुसी र उत्साहपूर्ण बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। इच्छुक अभिभावकज्यूहरूले उक्त सहयोग रकम यही शुक्रबारसम्म आफ्ना नानी-बाबुहरूको कक्षा शिक्षकमार्फत बुझाइदिनुहुन अनुरोध छ।
त्यसैगरी, दशैंको अवसरमा विद्यालयको आर्थिक व्यवस्थापनलाई सहज बनाउन आश्विन महिनासम्मको सम्पूर्ण शुल्क समयमै भुक्तानी गरी सहयोग गरिदिनुभएका सम्पूर्ण अभिभावकज्यूहरूप्रति विद्यालय हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ। हालसम्म शुल्क भुक्तानी गर्न बाँकी रहनुभएका अभिभावकज्यूहरूले पनि आफ्नो सहजतालाई ध्यानमा राख्दै सम्भव भएसम्म भोलिसम्ममा शुल्क भुक्तानी गरी विद्यालयको नियमित व्यवस्थापनमा सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
कुनै किसिमको आर्थिक कठिनाइ वा अन्य समस्या परिरहेको भए त्यसलाई हामी पूर्ण रूपमा बुझ्दछौँ। यस्तो अवस्थामा प्रधानाध्यापकज्यूसँग निःसंकोच सम्पर्क गरी आवश्यक समन्वय गर्न सक्नुहुनेछ। विद्यालय र अभिभावकबीचको आपसी समझदारी, सद्भाव र सहकार्यबाट नै यस्ता विषयहरू सहज रूपमा समाधान गर्न सकिने विश्वास लिएका छौँ।
यहाँहरूको निरन्तर साथ, सहयोग, विश्वास र सद्भावका लागि हार्दिक धन्यवाद।
बडा दशैं २०८३ को पुनः हार्दिक मंगलमय शुभकामना!
प्रधानाध्यापक
New Zenith English Model School
October 2, 2026
आदरणीय अभिभावकज्यू,
सम्पूर्ण अभिभावकज्यूहरूलाई जानकारी गराइन्छ कि आउँदै गरेको परीक्षालाई मध्यनजर गर्दै यही आउँदो आइतबार, असोज १८ गते विद्यालयको प्रशासन तथा लेखा शाखा बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालनमा रहनेछ । परीक्षासम्बन्धी आवश्यक कार्य तथा आर्थिक कारोबार समयमै सम्पन्न गर्नुहुन अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
Lorem ipsum dolor sit amet consectetur. Tellus interdum etiam rhoncus neque porttitor. Proin porttitor integer sollicitudin nascetur tellus nullam lorem. Vivamus vulputate nunc augue nullam sit. Consequat volutpat in et nunc vulputate etc.