Latest Notices


Calendar Event

December 30, 2025

Tamu Lhosar Holiday

सूचना

December 29, 2025

आदरणीय अभिभावकज्यू
भोलि पौष १५ गते तमु ल्होसारको उपलक्ष्यमा विद्यालय पूर्णरूपमा बन्द हुने जानकारी गराइन्छ। धन्यवाद।

Calendar Event

December 26, 2025

3rd UT Result Distribution Day

Calendar Event

December 25, 2025

Christmas 🎄 Day Holiday

सूचना !!!

December 23, 2025

भोलि पौष ९ गते (क्रिसमस २०२५) को अवसरमा विद्यालयस्तरमा कार्यक्रम हुने जानकारी गरौदछौँ । विद्यार्थीहरूलाई क्रिसमस ड्रेस वा कम्तीमा क्रिसमस टोपी लगाई विद्यालय पठाइदिनुहोला । उपहार आदान–प्रदानका लागि रु. १०० सम्मको मात्र उपहार पठाइदिनुहुन अनुरोध छ । कार्यक्रम अन्तिम दुई पिरियडमा हुनेछ।
साथै, पौष ११ गते तेस्रो एकाइ परीक्षाको परीक्षाफल वितरण दिउँसो ३ देखि ४ बजे सम्म हुनेछ। परीक्षाफल संकलन गर्न मङ्सिर महिना सम्मका सम्पूर्ण बक्यौता बिल चुक्ता हुनुपर्ने जानकारी गराइन्छ । सो दिन बाहेक परीक्षाफल अर्को २ दिन सम्म पनि संकलन नभएमा विद्यार्थीको परीक्षाफल कक्षा शिक्षकद्वारा व्यक्तिगत फाइलमा फाइलिंग गरिनेछ ।
धन्यवाद।

जरुरी सूचना

December 22, 2025

केही जेन–जी समूहद्वारा आह्वान गरिएको अनपेक्षित बन्दका कारण तथा विद्यार्थीहरूको सुरक्षा र हितलाई मध्यनजर गर्दै आज विद्यालय बन्द रहने जानकारी गराइन्छ।
धन्यवाद ।

Calendar Event

December 6, 2025

2nd New Zenith Day

Calendar Event

December 4, 2025

Yamari Punhi/Jyapu Diwas/Udhauli Parva

New Zenith Day 2082 Notice

November 7, 2025

आदरणीय अभिभावकज्यू,
विद्यालय क्यालेण्डर अनुसार यस वर्षको “दोश्रो न्यू जेनिथ दिवश (2nd New Zenith Day)” आउँदो मंसिर २० गते शनिबार रहेको जानकारी गराउदछु । उक्त दिन गतबर्ष जस्तै बिभिन्न किसिमको सामाग्रीहरूको stall समेत राखिने हुँदा तपाई अभिभावकहरूको कुनै stall राख्ने योजना भए कार्तिक मसान्त सम्ममा राजु सर कहाँ नाम लेखाउनुहुन अनुरोध गर्दछु । एउटै सामाग्रीको २ कतबिि दोहो¥याएर राखिने छैन । धन्यवाद।
प्रधानाध्यापक

सूचना !!!

October 26, 2025

आदरणीय अभिभावक ज्यू,
भोलि कार्तिक १० गते सोमबार, छठ पर्वको अवसरमा सम्पूर्णमा शुभकामनाका साथ विद्यालय पूर्ण रुपमा बन्द रहने जानकारी गराइन्छ । तर कक्षा ८,९ र १० को बिहानी कोचिङ कक्षाहरू भने नियमित समयमा मै सञ्चालन हुने छन्। धन्यवाद।

Calendar Event

October 23, 2025

Bhai Tika / Kija Puja

Calendar Event

October 22, 2025

Mha Puja/ Govardhan Puja

Calendar Event

October 22, 2025

Mha Puja/ Govardhan Puja

शुभ दीपावली २०८२!!

October 19, 2025

आदरणीय अभिभावकज्यू,
शुभ दीपावली २०८२ सालको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। तिहार पर्वको उपलक्ष्यमा भोलि कार्तिक ३ गतेदेखि ८ गते शनिबारसम्म विद्यालय बन्द रहने जानकारी गराइन्छ। साथै कार्तिक ९ गतेदेखि नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराइन्छ।
धन्यवाद।
विद्यालय प्रशासन

सूचना

October 16, 2025

आदरणीय अभिभावकज्यू,

         यही असोज महिनाको २ गतेदेखि सुरु भएको दोस्रो त्रैमासिक परीक्षाको नतिजा विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार २५ गते वितरण गरिने तालिका भएतापनि देशको विशेष परिस्थितिका कारण सो नतिजा आउँदो कार्तिक १ गते (शनिबार) बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म मात्र वितरण गरिने जानकारी गराउन चाहन्छौं ।

परीक्षाफल प्राप्तिका लागि असोज महिनासम्मका सम्पूर्ण बिलहरू अनिवार्य रूपमा चुक्ता गर्नुपर्नेछ। साथै, सम्भव भएसम्म कार्तिक महिनाको बिल पनि तिर्नु भई विद्यालयलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।

        यसै अवसरमा, शुभ दीपावली २०८२, न्हूँद ११४६ तथा छठ पर्व २०८२ को पावन अवसरमा सम्पूर्ण अभिभावकवृन्द, शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थी तथा शुभचिन्तकहरूमा न्यू जेनिथ परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

शुभकामना आदान–प्रदान गर्न उक्त दिन विद्यालय परिसरमा जलपानको कार्यक्रम समेत आयोजना गरिएको हुँदा अनिवार्य उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

धन्यवाद।
विद्यालय प्रशासन