आदरणीय अभिभावकज्यू,
सम्पूर्ण अभिभावकज्यूहरूलाई जानकारी गराइन्छ कि आउँदै गरेको परीक्षालाई मध्यनजर गर्दै यही आउँदो आइतबार, असोज १८ गते विद्यालयको प्रशासन तथा लेखा शाखा बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालनमा रहनेछ । परीक्षासम्बन्धी आवश्यक कार्य तथा आर्थिक कारोबार समयमै सम्पन्न गर्नुहुन अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
October 2, 2026
Urgent Notice Regarding Revised Exam Schedule and Fee Clearance
Dear Parents/Guardians,
As per the latest decision of the school management, the upcoming Terminal Examinations will be conducted from Ashoj 21 to Ashoj 27. Please note that examinations will continue uninterrupted even on Saturday and the day of Ghatasthapana. We kindly request you to plan your family and festive schedules strictly in accordance with this revised timetable.
Although we are reluctant to include fee reminders in every notice, the approaching Dashain and Tihar festivals bring substantial financial obligations for the school. Therefore, I earnestly request your cooperation in clearing all outstanding dues up to the month of Ashoj before the commencement of the examinations.
Students whose admission is still pending, or who have outstanding dues dating back to Baisakh/Jestha or up to the month of Ashoj, will under no circumstances be permitted to sit for this Terminal Examination. Kindly contact the Principal directly within this week to resolve any fee-related issues.
Thank you.
October 2, 2026
इन्द्रजात्रा विशेष कार्यक्रम सम्बन्धमा।
सम्पूर्ण शिक्षक, शिक्षिका तथा विद्यार्थी भाइबहिनीहरूलाई यस सूचनाद्वारा जानकारी गराइन्छ कि, भोलि हाम्रो विद्यालयमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ।
यस विशेष दिनमा नेवारी संस्कृतिको झल्को दिने परम्परागत पोशाक 'हाकुपटासी' लगाएर आउनुहुन सबैमा हार्दिक अनुरोध गरिन्छ। कार्यक्रममा सहभागी हुनका लागि यो पोशाक अनिवार्य छैन।
विद्यालय प्रशासन
September 27, 2026
Regarding tomorrow's clasess
NOTICE
Dear Students and Parents,
This is to inform you that tomorrow, all morning coaching classes will run as per their regular schedule. The extra class for Grade 10 and the Scout classes for Grades 7 and 8 will also be conducted as planned.
All concerned students are requested to attend on time.
School Administration
September 26, 2026
मौसम प्रतिकूलताका कारण विद्यालय बिदा
शिक्षा मन्त्रालयको निर्देशन तथा असोज ९, १० र ११ गते भारी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिई असोज ८ र ९ गते विद्यालय बन्द रहने जानकारी गराइन्छ। यस अवधिमा अभिभावकज्यूहरूले आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा बाढी–पहिरोको जोखिम भएका स्थानमा नजान/नपठाउन हार्दिक अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
September 24, 2026
दोस्रो त्रैमासिक परीक्षा र निरन्तर मूल्याङ्कन परीक्षा सम्बन्धमा।
आदरणीय अभिभावकज्यूहरू,
वैशाख महिनाको बिदा समायोजन गर्ने उद्देश्यले यस वर्षको परीक्षा असोज २१ गतेदेखि सुरु भई असोज २९ गते पञ्चमीसम्म सञ्चालन हुने जानकारी गराइन्छ।
नेपालीहरूको महान् चाड दशैँ पर्ने यस महिनामा विद्यालय सञ्चालन तथा कर्मचारीहरूको पारिश्रमिक व्यवस्थापनमा विद्यालयलाई थप आर्थिक दायित्व पर्ने गर्दछ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि यहाँहरूको निरन्तर सहयोग र सहकार्य प्राप्त हुनेमा विद्यालय विश्वस्त छ।
यसै सन्दर्भमा, परीक्षा सुरु हुनुअगावै आश्विन महिनासम्मको ट्युसन, कोचिङ तथा विद्यालयको मासिक शुल्क अनिवार्य रूपमा भुक्तानी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
साथै, आश्विन महिनासम्मको सम्पूर्ण शुल्क भुक्तानी गर्न बाँकी रहेका विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुन तथा निरन्तर मूल्याङ्कनमा सामेल गराउन प्रवेशपत्र उपलब्ध गराउन नसकिने व्यहोरा समेत जानकारी गराइन्छ।
अतः निर्धारित समयभित्र शुल्क भुक्तानी गरी विद्यालयको शैक्षिक तथा प्रशासनिक व्यवस्थापनमा सहयोग पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
यहाँहरूको सहयोग, समझदारी र सहकार्यका लागि विद्यालय परिवार हार्दिक आभारी छ।
धन्यवाद।
विद्यालय प्रशासन
September 18, 2026
तीजको बिदा सम्बन्धमा
भाद्र २९ गते सोमबार हरितालिका तीजको उपलक्ष्यमा विद्यालय पूर्ण रुपमा बन्द रहने जानकारी गराइन्छ । भोलि र पर्सि बिहानी कोचिङ्ग कक्षाहरु , ट्युसन कक्षाहरु लगायत स्काउट कक्षा पनि सञ्चालन नहुने जानकारी गराइन्छ । विद्यालयको नियमित पठनपाठन भाद्र ३० गते मंगलबारबाट सञ्चालन हुनेछन्। हरितालिका तीजको सबैमा शुभकामना ।
विद्यालय प्रशासन ।
September 12, 2026
Calendar Event
Gen. Z Diwas (Public Holiday)
September 8, 2026
बिदा नरहेको सम्बन्धमा!!!!
भोलि भाद्र २२ गते सोमबार, कुनै सार्वजनिक बिदा नरहेको कारण विद्यालय पूर्ण रुपमा सञ्चालन हुनेछ। तर पर्सि भाद्र २३ गते भने जेन्जी सहिद दिवसको रुपमा सार्वजनिक बिदा घोषणा भए अनुरुप विद्यालय पनि पूर्ण रुपमा बिदा रहेको जानकारी गराउँदछौँ।
धन्यवाद।
September 6, 2026
🦚💙 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🪈✨
New Zenith English Model School परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–कर्मचारी तथा शुभचिन्तकहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏
भगवान् श्रीकृष्णको जीवन र शिक्षाले हामीलाई सत्य, धर्म, प्रेम, करुणा, कर्तव्य र सकारात्मक सोचको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस्।
यस पावन अवसरले हाम्रा विद्यार्थीहरूमा असल संस्कार, सद्भाव र मानवीय मूल्यहरू अझ सुदृढ बनाउँदै ज्ञान र सफलताको यात्रामा निरन्तर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने हाम्रो हार्दिक कामना छ। 🌸
🙏 श्रीकृष्णको आशीर्वादले सम्पूर्ण Zenith परिवारको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस्।
💙 Happy Krishna Janmashtami! 🦚
New Zenith English Model School
September 4, 2026
सूचना
आदरणीय अभिभावक ज्यू
रसुवा तथा नुवाकोटमा भएको बिध्दंसात्कम बाढी पीडितहरू प्रति हजुरहरुले देखाउनुभएको नेपालीपनको न्यू जेनिथ परिवार प्रशंसा गर्दछौं। साथै गर्नुभएको सहयोगको लागि हार्दिक धन्यवाद छ । विद्यालय शिक्षक शिक्षिका तथा कर्मचारीहरू र अभिभावकज्यूहरूले दिनुभएको आर्थिक सहयोग हिजो नै प्रधानमन्त्री राहत कोषमा (नबिल बैंकको खाता न. १७१००१७५०५२८५) जम्मा रु १,९९,१७१ जम्मा भइसकेको जानकारी गराउँदछौँ। जुन निम्नअनुसार छ।
1 New Zenith English model school rs 50000
2 From Staffs rs 59755
3 From Class Nursery To Three rs 37850
4 From Class Four To Six rs 19501
5 From Class Seven To Ten rs 30475
6 From Class Eleven rs 1590
Total rs 199171
भोलि शुक्रबारदेखि सोमबार सम्म लगातार बिदा हुने भएको हुँदा भोलि कृष्ण जन्मष्टमीको विदा रद्द गरीएको जानकारी गराउँदछौं। यदि सोमबार राष्ट्रिय शोक मनाउन बिदा दिएको खण्डमा विद्यालय बन्द रहने समेत यसै सूचना मार्फत जानकारी गराउँदछौं। धन्यवाद।
विद्यालय प्रशासन
September 3, 2026
📢 महत्त्वपूर्ण सूचना
आदरणीय अभिभावकज्यूहरू,
भोलि श्रावण २६ गते, मङ्गलबारदेखि केही दिनका लागि विद्यालयको क्यान्टिनमा उत्पन्न भएको व्यवस्थापकीय जटिलताका कारण विद्यार्थी भाइबहिनीहरूका लागि खाजाको व्यवस्था गर्न नसकिने जानकारी गराउन चाहन्छौँ।
तसर्थ, उक्त अवधिका लागि आफ्ना नानीबाबुहरूको खाजाको व्यवस्था घरबाटै गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
क्यान्टिनको व्यवस्थापकीय जटिलता समाधान भई खाजाको व्यवस्था पुनः सञ्चालन भएपछि अर्को सूचना जारी गरी जानकारी गराइनेछ।
यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ। यहाँहरूको सहयोग र समझदारीका लागि हार्दिक धन्यवाद।
विद्यालय प्रशासन
New Zenith English Model School
August 10, 2026
सूचना !!!
सूचना !!!
July 31, 2026
परीक्षा पश्चात विद्यालय बन्द हुने सम्बन्धमा !!!!!!
आदरणीय अभिभावकज्यू,
यस शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षा र आन्तरिक मूल्याङ्कन को कार्यक्रम आज सम्पन्न हुँदैछ। भोलि १ गतेदेखि ३ गते आइतबारसम्म गर्मी विदाको रूपमा विद्यालय बन्द रहनेछ। यसपाली पहिला जस्तै गर्मी बिदा दिइने छैन। परीक्षा सकेको भोलिपल्ट शुक्रबार भएको र लगत्तै दुई दिन शनिबार र आइतबार बिदा हुने हुँदा शुक्रबार एक दिन थपेर गर्मी बिदा दिइने निर्णय सञ्चालक समितिले गरेको छ। विद्यालयको तर्फबाट सम्पूर्ण अभिभावक तथा विद्यालय परिवारलाई साउने संक्रान्तिको शुभकामना।
विद्यालय प्रशासन
July 16, 2026
जरुरी सूचना !!!
आदरणीय अभिभावक वर्ग, भोलि असार २८ गते आइतबारको बिदा रहेको भएतापनि कक्षा नर्सरी देखि कक्षा ५ सम्मको आन्तरिक मूल्याङ्कन गर्न सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई नियमित समयमै विद्यालय पठाइदिनु होला र छुट्टी हुने समय पनि भोलि नियमित समयमै हुनेछ । तथा कक्षा ६ देखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा नियमित समयमा हुनेछ। कक्षा ८ देखि १० सम्मको बिहानी कोचिङ्ग कक्षाहरु पनि यथावत सञ्चालन हुनेछन् । धन्यवाद ।
थप जानकारीका लागि सम्पर्क नम्बरहरु :
इन्चार्ज (कक्षा ७ देखि १० सम्म)
दिलराज पाठक : 9841607841
इन्चार्ज (कक्षा ४ देखि ६ सम्म)
निर्मला कक्षपति : 9841433266
इन्चार्ज (कक्षा एल. के. जी. देखि ३ सम्म)
निर्मला मानन्धर : 9841647005