शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाफल यहि आउँदो चैत्र २४ गते शनिवारको दिन दिउँसो १२ः०० बजे देखि हुनेछ । साथै उक्त दिन प्रि–प्राइमरी लेबलको अभिभावक दिवस तथा यु.केजी.को Graduation (convocation) प्रोगाम समेत हुँदैछ । त्यसको तयारीको लागि नर्सरी, एल.के.जी र कक्षा १ को विद्यार्थीहरुलाई चैत्र २१, २२ र २३ गते बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म तयारीको लागि विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध छ । साथै यु.के.जी.को बिद्यार्थीहरुलाई चैत्र १९ गते देखि २३ गते सम्म तयारीको लागि सबैलाई अनिवार्य पठाइदिनु हुन अनुरोध गरिन्छ ।
उक्त दिन विभिन्न बिधामा पुरस्कार पाउने सबै विद्यार्थीहरुलाई सेतो ड्रेसमा पठाइदिनुहोला ।
परीक्षाफल वितरण हुने दिनको कार्यतालिका
- विद्यार्थी नर्सरी – एक सम्म बिहान ९ः३० मा पुर्याउने
- Junior Parents Day शुरु हुने समय दिउँसो १२ः०० बजे
- Prize हरु बिच बिचमा बितरण गरिनेछ ।
- उक्त दिन शैक्षिक सत्र २०८१ को योजना समेत प्रस्तुत हुने हुँदा २ः०० बजे सम्र्पूण अभिभावकहरुको उपस्थिति अनिवार्य छ ।
- रिजल्ट लिन चैत्रसम्मको सम्र्पूण शुल्कहरु अनिवार्य भुक्तानी भैसकेको हुनुपर्ने छ ।
“नयाँ शैक्षिक सत्रको लागि नयाँ भर्ना हुने विद्यार्थीहरुको लागि २०८० चैत्र २५ गते आइतबारबाट भर्ना खुल्ला हुने छ ।”